नेप्सेको कारोबार समय थप, साझ ५ बजेसम्म खुल्ने

<p>काठमाडौं । बिहीबारको नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)को कारोबार समय दुई घण्टा थप गरिएको छ । बिहीबार २ घण्टा ढिलो बजार खुलेकाले अब साँझ ५ बजेसम्म कारोबार सुचारु हुने छ । बजार दिउँसो १ बजेदेखि मात्र खुलेको हो । बुधबार राति नेप्सेमा आगलागीका कारण प्रविधिक समस्या आएपछि आजको सेयर कारोबार ढिलो खुलेको हो । नेप्सेमा बुधबार राती [&hellip;]</p>

काठमाडौं । बिहीबारको नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)को कारोबार समय दुई घण्टा थप गरिएको छ । बिहीबार २ घण्टा ढिलो बजार खुलेकाले अब साँझ ५ बजेसम्म कारोबार सुचारु हुने छ । बजार दिउँसो १ बजेदेखि मात्र खुलेको हो ।

बुधबार राति नेप्सेमा आगलागीका कारण प्रविधिक समस्या आएपछि आजको सेयर कारोबार ढिलो खुलेको हो ।

नेप्सेमा बुधबार राती भएको आगलागीले केही ठाउँमा क्षति पुगेका कारण सम्पूर्ण सर्भर नै डाउन गरेर राखिएको थियो ।

Share News