महालक्ष्मी विकास बैंकको ७०औँ शाखा दार्चुलाको गोकुलेश्वरमा

<p>काठमाडौं । महालक्ष्मी विकास बैंकले आफ्नो ७०औँ शाखा दार्चुलाको गोकुलेश्वरमा सञ्चालनमा ल्याएको छ । बैंकले शाखा विस्तार गर्ने क्रममा उक्त स्थानमा नयाँ शाखा विस्तार गरि बिहिबारदेखि सञ्चालनमा ल्याएकाे हाे । यस नयाँ शाखा सहित बैंकको शाखा संख्या ७० पुगेको छ भने बैंकको एटिएम संख्या ३५ रहेको छ । यस बैंकले गत कात्तिक मसान्तसम्म २५ अर्ब [&hellip;]</p>

काठमाडौं । महालक्ष्मी विकास बैंकले आफ्नो ७०औँ शाखा दार्चुलाको गोकुलेश्वरमा सञ्चालनमा ल्याएको छ । बैंकले शाखा विस्तार गर्ने क्रममा उक्त स्थानमा नयाँ शाखा विस्तार गरि बिहिबारदेखि सञ्चालनमा ल्याएकाे हाे ।

यस नयाँ शाखा सहित बैंकको शाखा संख्या ७० पुगेको छ भने बैंकको एटिएम संख्या ३५ रहेको छ ।

यस बैंकले गत कात्तिक मसान्तसम्म २५ अर्ब ४३ करोड रुपैयाँ निक्षेप संकलन गरी २० अर्ब १२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

Share News