काठमाडौं । एनएमबि बैंकले धनुषाको बट्टेश्वर र ईलामको चुलाचुलीमा गरी एकैसाथ दुई नयाँ शाखाहरु संचालनमा ल्याएको छ । नेपाल राष्ट्र बैंकले बैंकिङ्ग पँहुच नपुग स्थानीय निकायहरुमा शाखा कार्यालय खोल्ने रणनिती लिए बमोजिम मिति एनएमबि बैंकले नयाँ शाखाहरु संचालनमा ल्याईएको हो ।
उक्त शाखा सञ्चालन गर्ने क्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल के. सीले – “देशको बिभिन्न स्थानहरुमा बैंकको नयाँ शाखा संचालनले बैंकिङ्ग पँहुच नपुगेका स्थानीय निकायहरुमा समेत सरल बैकिङ्ग सेवा पुग्ने र सरल बैकिङ्ग सेवा पुर्याउँदै समृद्ध नेपाल प्रति बैंकले लिएको प्रतिबद्तालाई सार्थकता प्रदान गर्ने कुरामा हामी विश्वस्त रहेको छौं” बताए ।
नयाँ शाखाहरुको शुरुवात सँगै एनएमबि बैंककोे कुल ९३ शाखा ८७ एटिएम र ४ एक्टेन्सन काउन्टर पुगेको छ ।