सिर्जना फाइनान्सले ३४ प्रतिशत लाभांश दिने, चुक्ता पुँजी ४० करोड नाघ्ने

<p>काठमाडौं । सिर्जना फाइनान्सले सेयरधनीलाई ३४.२१ प्रतिशत लाभांश दिने भएको छ । फाइनान्सले ३२.५० प्रतिशत बोनस र १.७१ प्रतिशत नगद लाभांश गरी सो मात्राको लाभांश दिने निर्णय गरेको हो । उक्त निर्णय मंसिर २८ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले पारित गरेको हो । बैठकको निर्णयलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा फाइनान्सको आगामी साधारणसभाले पारित [&hellip;]</p>

काठमाडौं । सिर्जना फाइनान्सले सेयरधनीलाई ३४.२१ प्रतिशत लाभांश दिने भएको छ । फाइनान्सले ३२.५० प्रतिशत बोनस र १.७१ प्रतिशत नगद लाभांश गरी सो मात्राको लाभांश दिने निर्णय गरेको हो ।

उक्त निर्णय मंसिर २८ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले पारित गरेको हो । बैठकको निर्णयलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा फाइनान्सको आगामी साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीले सो मात्राको लाभांश पाउने छन् । कम्पनीको आगामी वार्षिक साधारणसभा आगामी पुस २२ गते हुने भएको छ ।

हाल फाइनान्सको चुक्ता पुँजी ३० करोड २४ लाख रुपैयाँ रहेको छ । ३२.५० प्रतिशत बोनस सेयर पछि कम्पनीको पुँजी ४० करोड रुपैयाँ नाघ्ने कम्पनीले जनाएको छ ।

Share News