भृकुटीमण्डपमा शिखर क्रेजि सेल्स मेला जारी, खरिदमा १० देखि ५० प्रतिशतसम्म छुट

<p>काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा &#8216;शिखर क्रेजी सेल्स&#8217; मेला जारी रहेको छ । गत मंसीर २८ गतेदेखि शुरु भएको उक्त मेलामा हरेक शिखर जुत्ता तथा चप्पलहरु खरिदमा १० देखि ५० प्रतिशतसम्म छुट पाइने छ । ग्राहकहरुको लागी सस्तो र शुलभ मूल्यमा जुत्ता तथा चप्पलहरु उपलब्ध गराउने उद्देश्यले क्रेजी सेल्स आयोजना गरिएको कम्पनीले जनाएको छ । कम्पनीका [&hellip;]</p>

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा ‘शिखर क्रेजी सेल्स’ मेला जारी रहेको छ । गत मंसीर २८ गतेदेखि शुरु भएको उक्त मेलामा हरेक शिखर जुत्ता तथा चप्पलहरु खरिदमा १० देखि ५० प्रतिशतसम्म छुट पाइने छ ।

ग्राहकहरुको लागी सस्तो र शुलभ मूल्यमा जुत्ता तथा चप्पलहरु उपलब्ध गराउने उद्देश्यले क्रेजी सेल्स आयोजना गरिएको कम्पनीले जनाएको छ । कम्पनीका प्रबन्ध निर्देशक रामकृष्ण प्रसाईले उक्त मेलामा नयाँ डिजाइनको जुत्ता खरिदमा १० प्रतिशत र अन्य डिजाइनका जुत्ता तथा चप्पलहरुमा ५० प्रतिशतसम्मकोे छुट पाइने बताएका छन् । यस मेला समित अवधिसम्म चल्ने प्रबन्ध निर्देशक प्रसाईले बताएका छन् ।

कम्पनीले हाल चप्पल, जुत्ता, सुरक्षा बुट, साधारण बुट, बच्चाको जुत्ता एवं जाडोयामको लागि न्यानो कपडाको जुत्ता लगायत करिब सात सय डिजाइनका जुत्ता तथा चप्पलहरु उत्पादन गर्दै आएको छ । यस उद्योगमा ७ सयभन्दा बढी व्यक्तिले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा रोजगारी पाइरहेका छन् । ग्राहकको हितलाई ध्यानमा राखी कम्पनीले आफ्ना हरेक उत्पादनमा ६ महिनाको वारेण्टी समेत दिँदै आएको छ । कम्पनीले जुत्ता तथा चप्पलहरु उत्पादनका लागि आवश्यक कच्चा पदार्थ तथा प्रविधि विभिन्न मुलुकहरु जस्तै भारत, थाइल्याण्ड, मलेसिया र चीनबाट आयात गर्दै आएको छ ।

Share News