काठमाडौं । सुर्य नेपाल प्रालिको प्रिमियम मेन्स वेयर व्राण्ड जोन प्लयर्सले “विन्टर अफर” ल्याएको छ । यस अफर अन्तर्गत ८ हजार ९९९ रुपैयाँ बराबरकोजोन प्लयर्सका विन्टर कलेक्सनका लुुगाको खरिदमा २ हजार ५ सय रुपैयाँ बराबरको आर्कषक टाइमेक्सको घडी सित्तैमा पाउन सकिन्छ ।

यो योजना जोन प्लयर्सका शर्ट, स्वेटर, डेनिम, ट्राउजर, ब्लेजर र ज्याकेट लगायतका कपडाकाहरुमा उपलब्ध छन् । उपभोक्ताहरुले जोन प्लेयर्सका एक्सक्लुसिभ ब्राण्डेड आउटलेटहरु ब्लुवर्ड मल थापालथी, सिटी सेन्टर कमलपोखरी, दरवार मार्ग, सिभिलमल सुुन्धारा, मानभवन, लबिममलपुल्चोकका साथै देशभरका अन्य छानिएका स्टोरहरुबाट खरिद गर्न सकिने छ । यो योजना सिमित अवधिका लागि मात्र लागुु हुनेछ ।