
A gavel comes down on the word Auction to symbolize the final bid being called
काठमाडौं । बैंक अफ काठमाण्डु लिमिटेडको संस्थापक सेयर लिलामीको दरखास्त (आज) बुधबार खोलिने भएको छ ।
बैंकले बुधबार साढे १० बजे परेको प्रस्ताव शाखा कार्यलय नक्सालमा खोल्ने जानकारी दिएको छ ।
बैंकमा रहेको ६१ लाख ५८ हजार ६७ कित्ता संस्थापक सेयर लिलामी गर्नका लागि बैंकले मंसिर २९ गतेसम्म आवेदन माग गरिएको थियो ।
सो दिनसम्म परेका आवेदनलाई खोलिन लागिएको हो । बैंकले न्युनतम प्रतिकित्ता १ सय रुपैयाँ दर राखेर सेयर लिलामी गर्न लागेका हो ।