
काठमाडौं । सेन्ट्रल फाइनान्स लिमिटेडले २६ करोड ३ लाख रुपैयाँको हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।
फाइनान्सले चुक्तापुँजी बढाउन साविकका सेयरधनीलाई २ बराबर १ अनुपातमा हकप्रद निष्कासन गर्न लागेको हो ।
हकप्रद निष्कासन पुस २३ गतेदेखि खुला हुने भएको छ । बन्द माघ २८ गतेलाई तोकिएको छ ।
हकप्रद बाँडफाँडपछि फाइनान्सको चुक्तापुँजी ७८ करोड ९ लाख रुपैयाँ पुग्ने छ । फाइनान्सले चुक्तापुँजी बढाएर ८० करोड रुपैयाँ पुर्याउनु पर्नेछ ।