काठमाडौं । हिमालयन बैंक लिमिटेडले पुस २८ गते वार्षिक साधारणसभा बोलाएको छ । उक्त साधारणसभमा बैंकले २५ प्रतिशत बोनस सेयर वितरण गर्ने विशेष प्रस्ताव छ ।
पुस १० गतेसम्म सेयर लिने २५ प्रतिशत बोनस सेयर पाउने पाएका छ । विहीबार बैंकको सेयर मूल्य प्रतिकित्ता ८४४ रुपैयाँ रहेको छ ।
बोनस सेयर र साधारणसभा प्रयोजनको लागि बैंकले पुस ११ देखि २८ गतेसम्म बुक क्लोज गर्ने भएको छ । त्यस अवधिमा सेयर किन्नेले २५ प्रतिशत बोनस सेयर र साधारणसभामा भाग लिन पाउने छैनन् ।
यो साधारणसभाले प्रबन्धपत्र तथा नियामावली संशोधन गरी ७ जनाको सञ्चालक समिति बनाउने छ । तर साधारणसभामा सञ्चालक समितिको निर्वाचन सम्बन्धी अजेण्डा नभएको बैंकले जनाएको छ ।
पूर्णा विवरणा पढ्न यहाँ क्लिक गर्नुहाेस् । हिमालयन बैंक लिमिटेडको वार्षिक साधारणसभा