राष्ट्रिय सहकारी बैंकको १४ प्रतिशत लाभांश पारित

<p>काठमाडौं । राष्ट्रिय सहकारी बैंक लिमिटेडको सेयरधनीलाई १४ प्रतिशत लाभांश दिने प्रस्ताव पारित भएको छ । बैंकको शुक्रबार सम्पन्न १४ औं वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७३/७४ को कारोबारबाट सेयरधनीलाई सो मात्राको लाभांश दिने प्रस्तावलाई पारित गरेको हो । साथै,सभाले बैंकको गत वर्षको आर्थिक तथा प्रगति प्रतिवेदन पारित गर्नुका साथै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम [&hellip;]</p>

काठमाडौं । राष्ट्रिय सहकारी बैंक लिमिटेडको सेयरधनीलाई १४ प्रतिशत लाभांश दिने प्रस्ताव पारित भएको छ । बैंकको शुक्रबार सम्पन्न १४ औं वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७३/७४ को कारोबारबाट सेयरधनीलाई सो मात्राको लाभांश दिने प्रस्तावलाई पारित गरेको हो ।

साथै,सभाले बैंकको गत वर्षको आर्थिक तथा प्रगति प्रतिवेदन पारित गर्नुका साथै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गरेको छ । त्यस्तै, सहकारी ऐनमा उल्लेख भएको कर सम्बन्धी प्रावधानलाई आर्थिक विधेयकमा समावेश गरी कार्यान्वयन गर्न नेपाल सरकारसँग माग गर्ने कम्पनीले जनाएको छ । राज्यद्धारा सञ्चालित गरिवी निवारणसंग सम्बन्धित कार्यक्रमहरु विभिन्न मन्त्रालय एवं निकायहरुबाट सञ्चालन हुने गरेको र उक्त कार्यक्रमलाई ग्रामिण क्षेत्रमा बस्ने जनतासम्म पुर्याउने भरपर्दो माध्यम सहकारी संघ संस्थालाई प्राथमिकता दिने भएको छ ।

सभाले नेपाल सरकारको १ करोड लगानी रहेको बैंकका १० करोड शेयर रकम पुर्याउन र अन्य विभिन्न क्षेत्रमार्फत प्रदान गर्ने सहुलियत दरको कर्जाहरु राष्ट्रिय सहकारी बैंक मार्फत परिचालन गर्न माग गरेको छ । त्यसैगरी, गरिवी निवारण कोषहरुका विभिन्न कोषहरुबाट सहकारी क्षेत्रमा जाने रकमलाई एकीकृत रुपमा सबै सहकारी संघ संस्थाहरुको बैंकका रुपमा स्थापना भएको सहकारी बैंक मार्फत लैजान सरकारसंग साधारणसभाले माग गरेको छ । कृषि क्षेत्र लगायत उत्पादनका क्षेत्रमा काम गर्ने सहकारी संघ संस्थाहरुलाई विशेष प्राथमिकता दिन राज्यसंग माग गर्ने सभाले माग गरेको छ ।

Share News