१० रुपैंयाँ लगानीले पाँच बर्षमा ४७ रुपैंयाँ आम्दानी

<p>काठमाडौं । पाँच बर्ष अघि गरिएको १० रुपैंयाँ लगानीले आज ४७ रुपैंयाँ आम्दानी दियो भन्ने सुन्दा पत्याउन मुस्किल पर्छ । तर सिद्धार्थ लगानी वृद्धि योजना-१ मा पाँच बर्ष अघि १० रुपैंयाँ लगानी गरेका सेयरधनीले ४७ रुपैंयाँ आम्दानी गरेका छन् । सामुहिक लगानी कोष नियमावली कार्यान्वयनमा आएपछि सुरु भएको पहिलो म्युचुअल फण्डले  लगानी कर्तालाई ४७ रुपैँया प्रतिफल [&hellip;]</p>

काठमाडौं । पाँच बर्ष अघि गरिएको १० रुपैंयाँ लगानीले आज ४७ रुपैंयाँ आम्दानी दियो भन्ने सुन्दा पत्याउन मुस्किल पर्छ ।

तर सिद्धार्थ लगानी वृद्धि योजना-१ मा पाँच बर्ष अघि १० रुपैंयाँ लगानी गरेका सेयरधनीले ४७ रुपैंयाँ आम्दानी गरेका छन् । सामुहिक लगानी कोष नियमावली कार्यान्वयनमा आएपछि सुरु भएको पहिलो म्युचुअल फण्डले  लगानी कर्तालाई ४७ रुपैँया प्रतिफल दिँदैछ ।

‘हामीले हालसम्म १२५ प्रतिशत प्रतिफल दिईसकेका छौं, अझै १२१ प्रतिशत नगद फिर्ता हुन्छ’, सिद्धार्थ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत ध्रुव तिमिल्सिनाले भने । सिद्धार्थ लगानी वृद्धि योजना–१ मा पाँच बर्ष अघि १० रुपैंयाँ लगानी गरेका सेयरधनीले हालसम्म १२.५ रुपैंयाँ फिर्ता पाईसकेका छन् ।

अब सेयरलाई नगदमा रुपान्तरण गर्दा थप न्युनतम २२ रुपैंयाँ पाउने सम्भावना रहेको छ । ‘योजना समाप्त भएको तीन महिनाभित्र सेयरलाई रुपैंयाँमा बदलेर लगानी कर्तालाई दामासाहीले बाँड्नुपर्ने व्यवस्था छ, अब न्युनतम २२ रुपैंयाँ थप पाउँछन्’, तिमिल्सिनाले भने ।

सिद्धार्थ क्यापिटलले आफ्नो पहिलो म्युचुअल फण्डको समय सकिएपछि त्यसलाई नयाँ स्किमका रुपमा अघि बढाउन चाहेको थियो तर धितोपत्र बोर्डले नियमावलीको बाध्यात्मक व्यवस्था भन्दै खारेज गर्नुपर्ने धारणा राखेको हो । ‘हामी त नयाँ स्किमका रुपमा रुपान्तरण गरौं भन्ने पक्षमा थियौं तर धितोपत्र बोर्डले नियमावलीको व्यवस्था अनुसार खारेज गर्न सुझाव दियो ।’, तिमिल्सिनाले भने ।

सिद्धार्थ क्यापिटलले पाँच बर्ष अघि ५० करोड  रूपैयाँको म्युचुअल फण्ड ल्याएको थियो । कम्पनीले लगानीकर्तालाई बार्षिक ४७ प्रतिशतको हाराहारीमा प्रतिफल दिएको हो ।

Share News