
काठमाडौं । विभिन्न ३ कम्पनीको सेयर मूल्य समायोजन भएको छ ।सेयर मूल्य समायोजन भएको कम्पनीमा सिर्जना फाइनान्स लिमिटेड, नेरुड लघुवित्त विकास बैंक र सुर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेड रहेका छन् ।
सिर्जना फाइनान्सले साढे ३२ प्रतिशत बोनस सेयर निष्कासन गर्ने भएपछि नेपाल स्टक एक्सचेन्जले उसको सेयर मूल्य समायोजन गरेको प्रतिकित्ता ३२८ रुपैयाँ कायम गरेको छ ।
यस्तै नेरुडले १३ प्रतिशत बोनस सेयर दिने भएपछि उसको सेयर मूल्य समायोजन भएर प्रतिकित्ता ९५९ र सुर्योदयको १९ प्रतिशत बोनस सेयर जारीपछि प्रतिकित्ता ६०४ रुपैयाँ कायम भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।