समुदायीक लघुवित्तले ३ करोडको आईपीओ निष्कासन गर्न पायो अनुमति

<p>काठमाडौं । सामुदायीक लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासनको अनुमति पाएको छ । धितोपत्र बोर्डले मंगलबार सामुदायिकलाई ३ करोड रुपैयाँ बराबरको ३ लाख कित्ता आईपीओ निष्कासन गर्न अनुमति दिएको हो । ७ करोड रुपैयाँ अर्थात ७ लाख कित्ता संस्थापक लगानी रहेको छ । आइपीओ निष्कासन तथा बिक्री प्रवन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको [&hellip;]</p>

काठमाडौं । सामुदायीक लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासनको अनुमति पाएको छ ।

धितोपत्र बोर्डले मंगलबार सामुदायिकलाई ३ करोड रुपैयाँ बराबरको ३ लाख कित्ता आईपीओ निष्कासन गर्न अनुमति दिएको हो ।

७ करोड रुपैयाँ अर्थात ७ लाख कित्ता संस्थापक लगानी रहेको छ ।
आइपीओ निष्कासन तथा बिक्री प्रवन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ ।

साउनयता उन्नती माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड, सर्पोट माईक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड, राधी विद्युत कम्पनी लिमिटेड, पञ्चकन्य हाइड्रोपावर लिमिटेड, सान्जेन जलविद्युत कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्न अनुमति पाएका छन् ।

यस्तै बुटबल पावर कम्पनी लिमिटेड, प्रिमियर इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड र नेपाल ग्रामीण विकास बैंकले थप निष्कासन (एफपीओ)  बजारमा ल्याउन बोर्डबाट अनुमति पाएका छन् ।

Share News