जानकी फाइनान्सको साधारणसभा पुस ३० मा, १८ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गर्ने

<p>काठमाडौं । जानकी फाइनान्स कम्पनी लिमिटेडको २१ औं साधारणसभा पुस ३० गते हुने भएको छ । सभाले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई १८ प्रतिशत अर्थात ६ करोड १५ लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने भएको छ । सभाले संस्थापकतर्फ ३ जना र साधारण समूहतर्फ २ जनालाई सञ्चालक समितिमा निर्वाचित गर्ने छ । संस्थालाई [&hellip;]</p>

काठमाडौं । जानकी फाइनान्स कम्पनी लिमिटेडको २१ औं साधारणसभा पुस ३० गते हुने भएको छ । सभाले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई १८ प्रतिशत अर्थात ६ करोड १५ लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने भएको छ ।

सभाले संस्थापकतर्फ ३ जना र साधारण समूहतर्फ २ जनालाई सञ्चालक समितिमा निर्वाचित गर्ने छ । संस्थालाई वाणिज्य बैंक तथा विकास बैंकसंग गाभिन र प्राप्तिका लागि सम्पत्ती तथा दाइत्व मुल्याँकन (डीडीए) प्रतिवेदन तयार गर्नका लागि मूल्याँकनकर्ता नियुत्त गर्ने प्रस्ताव सभामा पेश हुने फाइनान्सले जनाएको छ ।

यसैगरी कम्पनीको संस्थापकतर्फ सेयर अनुपात ६० बाट घटाएर ५१ प्रतिशत कायम हुने भएको छ । ९ प्रतिशतलाई साधारण सेयरमा परिणत गर्ने तयारी संस्थाको छ ।

Share News