सम्भावित लोडसेडिङ टर्यो, भारतले दिनेभयो १४५ मेगावाट बिजुली

<p>काठमाडौं । भारतकोे एनपीटीसी विद्युत व्यापार निगम (एमभीभीएन) लिमिटेडले नेपाल विद्युत प्राधिकरणलाई १४५ मेगावाट बिजुली आयातलाई निरन्तरता दिने भएको छ । &nbsp; भारतको नयाँ दिल्लीमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नेतृत्वको उच्चस्तरिय टोलीबीच बुधबार भएको द्विपक्षिय वार्तामा एनभीभीएनले थप ३ महिना अर्थात आउँदो मार्चसम्म बिजुली दिन सहमत भएको हो । एनभीभीएनले अर्को सम्झौता [&hellip;]</p>

काठमाडौं । भारतकोे एनपीटीसी विद्युत व्यापार निगम (एमभीभीएन) लिमिटेडले नेपाल विद्युत प्राधिकरणलाई १४५ मेगावाट बिजुली आयातलाई निरन्तरता दिने भएको छ ।

 

भारतको नयाँ दिल्लीमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नेतृत्वको उच्चस्तरिय टोलीबीच बुधबार भएको द्विपक्षिय वार्तामा एनभीभीएनले थप ३ महिना अर्थात आउँदो मार्चसम्म बिजुली दिन सहमत भएको हो ।

एनभीभीएनले अर्को सम्झौता नभएसम्मका लागि पुरानो दरमा बिजुली दिन सहमत भएको छ । बिजुली आयात निरन्तरता दिनका लागि घिसिङ बुधबार दिल्ली गएका थिए । आगामी ३ महिनाका लागि बिजुली दिन सहमत भएको घिसिङले जानकारी दिए ।

ढल्केबर–मुज्जफरपुर अन्तरदेशिय प्रसारण लाइनबाट आयात भइरहेको बिजुलीको सम्झौता पुस १६ गतेदेखि सकिँदै छ ।

नेपाल र भारतको सचिव स्तरिय संयुक्त स्थायी समितिको बैठक स्थगत भएपछि विद्युत प्राधिकरणले गत मंगलबार बिजुली आयातको म्याद पुनः ३ महिना थप गर्न एमभीभीएनलाई अनुरोध सहितको पत्र पठाएको थियो ।

ढल्केबर मुज्जफपुर अन्तरदेशिय प्रसारणलाइनबाट १४५ मेगावाट बिजुली प्रतियुनिट ५ रुपैयाँ ७६ पैसा अर्थात ३.६० भारुमा आयात भइरहेको छ । यो सस्तो दर हो । भारतबाट १४५ मेगावाट बिजुली आयात निरन्तरता नभए लोडसेडिङ हुने थियो । यो वर्ष लोडसेडिङ हुन नदिन प्राधिकरणले भारतबाट ४७० मेगावाटसम्म बिजुली आयात गर्ने लक्ष्य लिएको छ ।

Share News