काठमाडौं । मुद्दति निक्षेपको ब्याजदर बढे पनि साधारण वचतको भने बढेको छैन् । बजारमा लगानी गर्न थप पुँजीको अभाव हुन थालेपछि बैंकले अल्पकालका लागि भन्दै मुद्धति निक्षेप योजना ल्याएर महंगो ब्याजमा पैसा उठाइरहेका छन् ।

हाल बैंकले मुद्दतीको ब्याजदर ब्याजदर बढाएर १२.२५ प्रतिशतसम्म पुर्याएका छन् । नविल बैंकले १३ प्रतिशत ब्याज दिएर निक्षेप उठाएको छ ।
मुद्दती को ब्याज बढाएका बैंकको साधारण वचतको ब्याज ५ देखि ७ प्रतिशत मात्र छ । जनता बैंकले मुद्दती निक्षेपको ब्याज दर बढाए पनि वचतमा ७ प्रतिशत मात्र ब्याज दिएको छ । बैंकले जनता वचत योजना ल्याएर ७ प्रतिशत ब्याज दिने बताएको हो ।
केही बैंकले मात्र ७ प्रतिशतसम्म ब्याज दिएका छन् । अधिकाँशले साधारण वचतमा ५ प्रतिशत मात्र ब्याज दिएका छन् । यस्तै प्रभु बैंकले बिहीबार मुद्दतीमा वार्षिक ६ प्रतिशत मात्र ब्याज दिने योजना ल्याएको छ । प्रभुले शुक्रबार मुद्दतीमा ११ प्रतिशत ब्याज दिने योजना ल्याएको छ ।
यस्तै सानिमा बैंकले पनि मुद्दतीको ब्याज दर बढाए पनि वचतमा कम ब्याज दिइरहेको छ । वचतमा ब्याजदर ५ देखि ७ प्रतिशतसम्म मात्र रहेको प्रमुख कार्यकारी अधिकृत (सीईओ) भुवन दाहाल बताउछन् । तत्काल संकट समधान गर्नका लागि मुद्दतीको ब्याज बढेका उनको भनाई छ । सानिमाले पनि १० प्रतिशत ब्याज दिने गरी मुद्धति योजना ल्याएको छ ।
बैंकबीच अहिले मुद्दती निक्षेप तान्न मात्र होडबाजी भइरहेको छ ।मुद्दती खातामा रहेको निक्षेप बाहिरन नदिन बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर बढाउन होडबाजी चलेको हो । यस्तै संस्थापक निक्षेपको ब्याज बढेर १२ प्रतिशत नाघेको छ ।
केही दिनअघि मात्र नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैंकले व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर बढाएर साढे ११ प्रतिशत बनाएको एक साता नबित्दै ग्लोबल आईएमई बैंकले १ वर्षका लागि स्पेशल ब्लक डिपोजिट भन्दै वार्षिक १२.२५ प्रतिशत ब्याज दिने गरी मुद्दती निक्षेप योजना ल्याएको छ । यी बैंकको साधारण वचतको ब्याज ७ प्रतिशत भन्दा कम छ । यस्तै सिभिल बैंकले पनि मुद्दती को ब्याज बढाएर १२.२२ प्रतिशत पुर्याएको छ ।
तरलता अभावको संकेतहरु देखिन थालेपछि बाणिज्य बैंकहरुले आफ्ना मुद्दति निक्षेपकर्ताको रकम बाहिरिन नदिन ब्याजदर धमाधम ब्याजदर बढाएका हुन् । गत वर्ष लगानीयोग्य पुँजी नभएपछि बैंकले महंगो ब्याजमा व्यक्तिगत निक्षेप लिएका थिए । त्यसबेला यस्तो निक्षेपको ब्याजदर १४ प्रतिशतसम्म पुगेको थियो । बजारमा लगानीयोग्य पुँजीको अभाव देखिन थालेपछि नेपाल राष्ट्र बैंकले आइतबार बैंकसंग रहेको विकास ऋणपत्र धितो लिएर बजारमा ५ अर्ब रुपैयाँ पठाउदै छ ।
सेन्चुरी बैंक ११, लक्ष्मी बैंकले ११ प्रतिशत ब्याज दिने मुद्दती योजना ल्याएका हुन् । यसअघि माछापुच्छे् बैंक, सानिमा बैंक, बैंक अफ काठमाण्डु, र नेपाल इन्भेष्टमेन्ट बैंकले पनि १० प्रतिशत ब्याज दिने गरी मुद्धति योजना ल्याइसकेका छन् । राष्ट्रिय वाणिज्य, कृषि विकास र नेपाल बैंकबाहेक प्राय सबै बैंकले मुद्धति निक्षेपमा ब्याज दर बढाएका छन् ।