आइपीओ निष्काशनको तयारी गर्दै माउन्टेन इनर्जी, रोवष्ट इनर्जी र आधिशाक्ति विद्युतलाई प्राप्ति गर्ने

<p>काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडले दुई जलविद्युत कम्पनीलाई प्राप्ति (एक्जिसन) गर्ने भएको छ । माउन्टेन इनर्जीले रोवष्ट इनर्जी लिमिटेड र आधिशक्ति विद्युत विकास कम्पनी लिमिटेडलाई प्राप्ती गर्न लागेको हो । प्राप्तीका लागि माउन्टेन, रोवष्ट र आधिशक्तिले आउदो शुक्रबार साधारणसभा बोलाएका छन् । प्राप्तिका लागि दुबै कम्पनीको सम्पत्ति तथा दाइत्व मूल्याँकन (डीडीए) सम्पन्न भई सेयर [&hellip;]</p>

काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडले दुई जलविद्युत कम्पनीलाई प्राप्ति (एक्जिसन) गर्ने भएको छ । माउन्टेन इनर्जीले रोवष्ट इनर्जी लिमिटेड र आधिशक्ति विद्युत विकास कम्पनी लिमिटेडलाई प्राप्ती गर्न लागेको हो ।

प्राप्तीका लागि माउन्टेन, रोवष्ट र आधिशक्तिले आउदो शुक्रबार साधारणसभा बोलाएका छन् । प्राप्तिका लागि दुबै कम्पनीको सम्पत्ति तथा दाइत्व मूल्याँकन (डीडीए) सम्पन्न भई सेयर आदनप्रदान स्वामत्वि (स्वाप) रेसियो तय भएको छ । कम्पनीले स्वाप रेसियो भने खुलाएको छैन् ।

रोवष्टले ४२ मेगावाट क्षमताको मिस्त्रीखोला जलविद्युुत आयोजना निर्माण गरिरहेको छ । आधिशत्ति विद्युत विकासले नुवाकोटमा ५ मेगावाट क्षमताको तादीखोला आयोजना सञ्चालन गरिरहेको छ ।

दुबै कम्पनीलाई प्राप्ति गरेपछि माउन्टेनले सर्वसारणलाई सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । सभाबाट दुबै कम्पनी प्राप्ति गर्ने प्रस्ताव पारित भएपछि औपचारिक रुपमा आईपीओ निष्कासनमा जाने निर्देशक सुब्रत धितालले बताए ।एउटै समूहका कम्पनी भएकाले प्राप्ति गर्न लागेको उनले जानकारी दिए । साधारणसभा सकिएपछि आईपीओ निष्कासनका लागि प्रक्रिया थाल्ने उनले जानकारी दिए ।

मिस्त्री आयोजनाको काम ६० प्रतिशत सकिएको धितालले बताए । उनकाअनुसार आउदो जेठसम्म सुरुङ खन्ने काम सकिने छ । प्रसारणलाइनको काममा ढिलाइ भएकाले आयोजना निर्माण पनि सुस्त गतिमा भएको हो । कालिगण्डकी करिडोरमा प्रसारणलाइनको काममा भएको ढिलाइले आयोजना पनि पछि धकेलिएको छ । आउदो सन् २०१९ को मार्चमा आयोजनाको काम सक्ने लक्ष्य लिएको छ ।

 

Share News