
काठमाडौं । मोदीखोलादेखि कास्कीको लेखनाथसम्म १३२ केभी प्रसारणलाइन निर्माणको जिम्मा भारतीय कम्पनीले पाएको छ ।
भारतको कल्पतरु पावर ट्रान्समिसन लिमिटेडले कम दर प्रस्ताव गरेपछि नेपाल विद्युत प्राधिकरणले उसलाई सो प्रसारणलाइन निर्माणको जिम्मा दिएको हो ।
कल्पतरुले झण्डै ५५ करोड रुपैयाँ अर्थात ५४ लाख ३५ हजार ९६७ मा न्युमोदी–लेखनाथ प्रसारणलाइनको प्लाण्टको डिजाइन, आपूर्ति र जडानको काम गर्ने छ ।
मोदीखोला क्षेत्र वरपर निर्माण हुने आयोजनालाई लक्षित गरी विद्युत प्राधिकरणले सो प्रसारणलाइ निर्माण गरेको हो ।