काठमाडौं । पोखरा फाइनान्सले आफ्ना सेयरधनीलाई १० प्रतिशत लाभांश दिने भएको छ । फाइनान्सले गत वर्षको मुनाफाबाट सेयरधनीलाई ९.५० प्रतिशत बोनस र ०.५० प्रतिशत नगद गरी सो मात्राको लाभांश दिने प्रस्ताव गरेको हो ।
उक्त प्रस्ताव बिहीबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा कम्पनीको आगामी साधारणसभाले पारित गर्नु पर्ने छ ।
हाल कम्पनीको चुक्ता पुँजी ६५ करोड ५७ लाख रुपैयाँ रहेको छ । ९.५० प्रतिशत बोनस सेयर पश्चात कम्पनीको पुँजी ७१ करोड रुपैयाँ नाघ्ने छ ।