बजारमा ५० करोडको सेयर कारोबार

<p>काठमाडौं । मंगलबार सेयर बजारमा कुल ५० करोड १७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सो दिन १५८ कम्पनीको ९ लाख १५ हजार कित्ता सेयर किनबेच भएका छन् । सो मध्ये नेपाल लाइफ इन्स्योरेन्सको ६ करोड ३६ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । मंगलबार यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता १८७९ रुपैयाँ रहेको [&hellip;]</p>

काठमाडौं । मंगलबार सेयर बजारमा कुल ५० करोड १७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सो दिन १५८ कम्पनीको ९ लाख १५ हजार कित्ता सेयर किनबेच भएका छन् ।

सो मध्ये नेपाल लाइफ इन्स्योरेन्सको ६ करोड ३६ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । मंगलबार यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता १८७९ रुपैयाँ रहेको छ । त्यस्तै, सानिमा माई हाइड्रोपावर कम्पनीको पनि ५ करोड ५२ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

मंगबलार कारोबारमा आएका उत्पादनमूलक समूह बाहेक बाँकी समूहको परिसूचक हरिया भएका छन् । सबैभन्दा बढी होटल समूहको परिसूचक ६० अंकले उकालो लागेको छ । उत्पादनमूलक समूह भने सामान्य ३ अंकले अाेरालाे लागेकाे छ ।

समग्रमा मंगलबारको नेप्से परिसूचक १२.२७ अंकले बढेर १४५६.०७ अंकमा पुगेको छ ।

Share News