माछापुच्छ्रे बैंकको सुर्खेतमा थप २ शाखा संचालनमा, रियल टाइममा नै खाता खोल्न मिल्ने

<p>काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले सुर्खेतमा २ शाखा रहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ । बैंकले हालै भेरीगंगा नगरपालिका वडा नं-११, रामघाट र बिरेन्द्र नगरनगरपालिका वडा नं-२, भुरेलीगरी २ शाखा रहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको हो । बैंकले यूकेएड सक्षमसँगको सहकार्यमा उक्त स्थानहरुमा २ शाखा रहित बैंकिङ्ग सेवा सुचारु गरेको हो । यो सहित बैंकको हालसम्म [&hellip;]</p>

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले सुर्खेतमा २ शाखा रहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ । बैंकले हालै भेरीगंगा नगरपालिका वडा नं-११, रामघाट र बिरेन्द्र नगरनगरपालिका वडा नं-२, भुरेलीगरी २ शाखा रहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको हो । बैंकले यूकेएड सक्षमसँगको सहकार्यमा उक्त स्थानहरुमा २ शाखा रहित बैंकिङ्ग सेवा सुचारु गरेको हो ।

यो सहित बैंकको हालसम्म ११शाखा रहित बैंकिङ्ग सेवा सुचारु भईसकेको बैंकले जनाएको छ । ग्राहक सेवा केन्द्रको रुपमा संचालित उक्त शाखारहित सेवा केन्द्रहरुबाट खाता खोल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिटेन्स भूक्तानी, साथै कर्जा आवेदन गर्ने समेत व्यवस्था गरेको छ । बैंकले नेपालमै पहिलो पटक तुरुन्त (रियल टाइममा) खाता खोल्ने व्यवस्था गरेको छ भने चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्त उपलब्ध गराएको छ ।

यूकेएड सक्षमको सहकार्यमा बैंकले २० वटा ग्राहक सेवा केन्द्रहरु स्थापना गर्ने, १४ जिल्लामा विपन्नवर्ग कर्जाहरु प्रदान गर्ने तथा वित्तीय साक्षारता अभियान संचालन गर्दै आएको छ ।

बैंकले आफ्ना ६२ वटा शाखाहरु, ४ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत ११ शाखा रहित बैंकिङ्ग सेवा समेत गरी जम्मा ७७ स्थानबाट सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर ८६ वटा एटीएमहरु संचालनमा रहेको छ ।

Share News