एनआईसी एसिया बैंकको डिबेन्चर मंगलबार बाँडफाँड

<p>काठमाडौं ।एनआईसी एसिया बैंकले ल्याएको डिबेन्चरको मंगलबार बाँडफाँड भएको छ । बैंकले ३ अर्ब रुपैयाँको डिबेन्चर पुस १३ गतेदेखि बिक्री खुल्ला गरेको थियो । डिबेन्चरधनीले सोही मितिबाट अर्धवार्षिक रुपमा ९ प्रतिशत व्याज प्राप्त गर्नेछन् । वार्षिक ९ प्रतिशत ब्याजदर रहेको डिबेन्चर ७ वर्षमा परिपक्व हुनेछ । डिबेन्चरको कारोबार गर्न नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा सूचीकरण गरिने [&hellip;]</p>

काठमाडौं ।एनआईसी एसिया बैंकले ल्याएको डिबेन्चरको मंगलबार बाँडफाँड भएको छ ।

बैंकले ३ अर्ब रुपैयाँको डिबेन्चर पुस १३ गतेदेखि बिक्री खुल्ला गरेको थियो ।

डिबेन्चरधनीले सोही मितिबाट अर्धवार्षिक रुपमा ९ प्रतिशत व्याज प्राप्त गर्नेछन् । वार्षिक ९ प्रतिशत ब्याजदर रहेको डिबेन्चर ७ वर्षमा परिपक्व हुनेछ ।

डिबेन्चरको कारोबार गर्न नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा सूचीकरण गरिने बैकले जनाएको छ ।

सुचिकृत भएपछि डिबेन्चरको दोस्रो बजारमा कारोवार गर्न सकिने छ ।

Share News