अष्ट्रेलियन एजुकेशन फेयर सुरु, ३४ कोर्षका प्रदायक संस्थाहरु सहभागी हुने

<p>काठमाडौं। आज (मंगलबार)बाट अष्ट्रेलियन एजुकेशन फेयर सुरु भएको छ । विद्यार्थीको शैक्षिक लक्ष्य प्राप्तिका लागि विभिन्न देश, देशका ईमिग्रेसन पोलिसी, कोर्ष, विश्वविद्यालय सम्बन्धि उपयुक्त परामर्श लगायत विषयमा सल्लाह, सुझाब दिने उद्देश्यले एईसीसी ग्लोबलले अष्ट्रेलियन एड्मिसनस् डे २०१८ मनाउने क्रममा एजुकेशन फेयर सुरु गरेको हो । एजुकेशन फेयरको सुरु दिन जनवरी १६ (मंगलबार) काठमाडौंको होटल याक एण्ड [&hellip;]</p>

काठमाडौं। आज (मंगलबार)बाट अष्ट्रेलियन एजुकेशन फेयर सुरु भएको छ । विद्यार्थीको शैक्षिक लक्ष्य प्राप्तिका लागि विभिन्न देश, देशका ईमिग्रेसन पोलिसी, कोर्ष, विश्वविद्यालय सम्बन्धि उपयुक्त परामर्श लगायत विषयमा सल्लाह, सुझाब दिने उद्देश्यले एईसीसी ग्लोबलले अष्ट्रेलियन एड्मिसनस् डे २०१८ मनाउने क्रममा एजुकेशन फेयर सुरु गरेको हो ।


एजुकेशन फेयरको सुरु दिन जनवरी १६ (मंगलबार) काठमाडौंको होटल याक एण्ड यतीमा फेयर एण्ड इभेण्ट सञ्चालन भइरहेको छ । आयोजकको अनुसार उक्त फेयर जनवरी १८ मा चितवनको भरतपूर गार्डेन रिसोर्ट र जनवरी १९ मा पोखराको होटल पोखरा ग्राण्डीमा मनाइने भएको छ ।


काठमाडौंमा सञ्चालित एजुकेशन फेयरमा ३४ कोर्षका प्रदायक संस्थाहरु सहभागी रहने आयोजकले जनाएको छ । त्यस्तै पोखरा तथा चितवनमा हुने फेयरमा १४ कोर्ष प्रदायकहरुको सहभागिता रहनेछ । एईसीसी ग्लोबलका निर्देशक रन्जित कुमार अग्रवालले यस अष्ट्रेलिन एजुकेशन फेयरको अबधिमा काठमाडौंमा एक हजार, चितवन र पोखरामा ३ सय ५० भन्दा बढी विद्यार्थीहरुको सहभागित हुने अपेक्षा गरेकोे बताए ।


फेयरमा विद्यार्थी तथा तिनका अभिभावकलाई प्रत्यक्ष अष्ट्रेलिन कोर्ष प्रदायकसँग भेटी गराइने एईसीसी ग्लोबलका डेष्टिनेशन हेड सैलेश कुमार झाले बताए । ‘जसबाट विद्यार्थीहरुलाई भर्ना, छात्रबृत्ति तथा भिसा डक्युण्टेसनसँग सम्बन्धित जिज्ञासा मेट्न सहयोग पुग्नेछ,’ उनले भने ‘फेयर वर्षको दुई पटक आयोजना गर्दै आइरहेका छौं ।’


सन् २००८ मा मेलबर्नमा स्थापित एईसीसी ग्लोबल अहिले ९ देश र २६ शहरमा सञ्चालनमा रहेको जनाइएको छ । एईसीसीले न्यूजील्याण्ड, क्यानेडा, युएसए र यूकेका लागि समेत शैक्षिक परामर्श प्रदान गर्दै आइरहेको छ ।

Share News