काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले मंगलबारदेखि तीन दिन सगरमाथा सेक्यूरीटीज प्राइभेट लिमिटेडको सेयर कारोबार रोक्का गरेको छ । धितोपत्र बोर्डलाई नियमन शुल्क नबुझाएको कारणले नेप्सेले उक्त सेक्यूरीटीजकोे कारोबार रोक्का गरेको हो ।
बोर्डलाई गत वर्षको शुल्क तिरेपछि मात्र यस सेक्यूरीटीजको कारोबार खुला हुने छ ।