काठमाडौं । सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडले ७० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । संस्थाले बिहीबार मात्रै सो मात्रा अर्थात २ करोड ८० लाख रुपैयाँ बराबरको हकप्रद निष्कासन गर्न नेपाल धितोपत्र बोर्डको अनुमति पाएको हो ।
लघुवित्तले बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल मार्फत २ लाख ८० हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।
हाल लघुवित्तको चुक्ता पुँजी ४ करोड ७६ लाख रुपैयाँ रहेको छ । ७० प्रतिशत हकप्रद पश्चात संस्थाको पुँजी ७ करोड ५६ लाख रुपैयाँ नाघ्ने छ ।