नेप्से सामान्य अंकले उकालो लाग्दा ३१ करोडको कारोबार, सबैभन्दा बढी बुटवल पावरको

<p>काठमाडौं । बुधबारको सेयर बजार सामान्य अंकले उकालो लागेको छ । सो दिनको परिसूचक नेप्से परिसूचक २.२६ अंकले बढेर १४०४.४९ अंकमा पुगेको छ । सामान्य वृद्धि भएको बजारमा ३१ करोड १५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बुधबार कुल १५६ कम्पनीको ७ लाख ४९ हजार कित्ता सेयर किनबेच भएका छन् । कारोबार रकमका [&hellip;]</p>

काठमाडौं । बुधबारको सेयर बजार सामान्य अंकले उकालो लागेको छ । सो दिनको परिसूचक नेप्से परिसूचक २.२६ अंकले बढेर १४०४.४९ अंकमा पुगेको छ ।

सामान्य वृद्धि भएको बजारमा ३१ करोड १५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बुधबार कुल १५६ कम्पनीको ७ लाख ४९ हजार कित्ता सेयर किनबेच भएका छन् ।

कारोबार रकमका आधारमा बजारमा सबैभन्दा बढी बुटवल पावर कम्पनीको सेयर किनबेच भएका छन् । सो दिन यस कम्पनीको २ करोड ४२ लाख १३ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको हो । यस कम्पनीले गत माङ १५ गतेदेखि प्रतिकित्ता ५०१ रुपैयाँका दरले एफपीओ जारी गरिरहेको छ । सोही कारणले कम्पनीको सेयर कारोबार वृद्धि भएको हो । बुधबार यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६१७ रुपैयाँ रहेको छ ।

बजारमा विकास बैंक, अन्य र उत्पादनमूलक समूह बाहेक बाँकी समूहको परिसूचक उकालो लागेका छन् । बुधबार सबैभन्दा बढी होटल समूहको परिसूचक ३५ अंकले उकालो लागेको छ ।

Share News