काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाले ४ करोड ८० लाख रुपैयाँ बराबरको आइपीओ निष्कासन गर्ने भएको छ । संस्थाले अंकित मूल्य १०० रुपैयाँका दरले ४ लाख ८० हजार कित्ता सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।
संस्थाको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङ्ले गर्ने छ ।
यस संस्थाले चुक्ता पुँजी वृद्धि गर्ने क्रममा सो मात्राको साधारण सेयर जारी गर्न लागेको हो ।