चाँगुनारायणका २३ डकर्मीलाई भूकम्प प्रतिरोधी घर बनाउने तालिम

<p>काठमाडौं । चाँगुनारायण नगरपालिकाका २३ जना डकर्मीलाई भूकम्प प्रतिरोधी भवन निर्माण सम्बन्धी तालिम प्रदान गरिएको छ । इकोको सहयोगमा डीसीए, भिएसओ, एफएससिएन र एनडिआरएसीको आयोजना तथा चाँगुनारायण नगरपालिकाको समन्वयमा तालिम प्रदान गरिएको हो । सहरी बिकास तथा भवन निर्माण बिभागको पाठ्यक्रम अनुसार एक हप्ता तालिम सञ्चालन गरिएको थियो । खरिपाटी स्थीत कृष्ण माध्यमिक विद्यालयमा चाँगुनारायण [&hellip;]</p>

काठमाडौं । चाँगुनारायण नगरपालिकाका २३ जना डकर्मीलाई भूकम्प प्रतिरोधी भवन निर्माण सम्बन्धी तालिम प्रदान गरिएको छ । इकोको सहयोगमा डीसीए, भिएसओ, एफएससिएन र एनडिआरएसीको आयोजना तथा चाँगुनारायण नगरपालिकाको समन्वयमा तालिम प्रदान गरिएको हो ।

सहरी बिकास तथा भवन निर्माण बिभागको पाठ्यक्रम अनुसार एक हप्ता तालिम सञ्चालन गरिएको थियो । खरिपाटी स्थीत कृष्ण माध्यमिक विद्यालयमा चाँगुनारायण नगरका सबै वडाका पहिलेदेखि डकर्मी काम गर्ने तर भूकम्प प्रतिरोधी भवन बनाउने तालिम हासिल नगरेका २३ डकर्मी सहभागी थिए ।

तालिमको समापन समारोहमाबोल्दै तालिममा सहभागी नवराज लामिछानेले भूकम्पले पहिला बनाएको घर भत्किदा आफुले अपराध गरेको महसुस भएको तर अब त्यस्तो गल्ती नदोर्याउने र तालिममा सिकेका कुराहरु पूर्णरुपमा लागु गर्ने बताए । अर्का सहभागी तुलसी माया सुवालले आफुले नजान्दा ठेकेदारले आफ्नै घरमा पनि कमजोरी गरेको तर अहिले तालिम पाएपछी मात्र बुझेको बताउँदै अब घरको काम आफै गर्न सक्ने बताइन् ।

समापन समारोहमा चांगुनारायण नगर प्रमुख सोम मिश्र, सहरी बिकास तथा भवन निर्माण बिभाग डिभिजन कार्यालय भक्तपुरका प्रमुख मिलन आचार्य लगायतले भूकम्प प्रतिरोधी भवन निर्माणबारे आफ्नो धारणा राखेका थिए । त्यस्तै, एफएससिएनका कार्यकारी अध्यक्ष सूर्यबहादुर थापा , प्रगति परियोजना अर्वान डीआरआर. सल्लाहकार चन्द्रा हाडा र प्रगति परियोजना संयोजक शक्ति गुरुङ र प्रशिक्षक नरेश सिंह धामीले तालिमबाट दक्ष डकर्मी तयार भएको बताएका थिए ।

Share News