सेयर बजारमा ४६ करोडको सेयर किनबेच, सबैभन्दा बढी नेपाल बैंकको

<p>काठमाडौं । आइतबारको सेयर बजारमा कुल ४६ करोड ६४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सो दिन कुल १६३ कम्पनीको ११ लाख ४१ हजार कित्ता सेयर कारोबार भएको छ । बजारमा सबैभन्दा बढी नेपाल बैंकको सेयर किनबेच भएको छ । एकैदिन यस बैंकको ७ करोड १९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो [&hellip;]</p>

काठमाडौं । आइतबारको सेयर बजारमा कुल ४६ करोड ६४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सो दिन कुल १६३ कम्पनीको ११ लाख ४१ हजार कित्ता सेयर कारोबार भएको छ ।

बजारमा सबैभन्दा बढी नेपाल बैंकको सेयर किनबेच भएको छ । एकैदिन यस बैंकको ७ करोड १९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । साथै, यस बैंकको सबैभन्दा धेरै सेयर किनबेच भएको छ । कम्पनीको एक लाख ९६ हजार कित्ता सेयर बिक्री भएका छन् । आइतबार यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३६५ रुपैयाँ रहेको छ ।

सो दिन सबैभन्दा बढी साल्ट ट्रेडिङ कम्पनीका लगानीकर्ताले अघिल्लो दिनको तुलनामा ५.६६ प्रतिशत नाफा कमाएका छन् भने जानकी फाइनान्सका लगानीकर्ताले ६ प्रतिशत गुमाएका छन् ।

बिकास बैंक, बैंकिङ र अन्य समूह बाहेक बाँकी समूहको सूचक राताम्मे भएका छन् । सबैभन्दा बढी बीमाको सूचक ३५ अंकले ओरालो लागेको छ ।

समग्रमा आइतबारको नेप्से परिसूचक सामान्य १.०१ अंकले घटेर १४१०.५१ अंकमा पुगको छ । जुन अघिल्लो दिनको तुलनामा ०.०७ प्रतिशत घटी हो ।

Share News