काठमाडौं । सोमबारको सेयर बजार शुरुदेखि नै अन्तिमसम्म निरन्तर ओरालो लागेको छ । १४१० अंकदेखि कारोबार शुरु भएको बजार कारोबार बन्द हुँदा दोहोरो अंकले ओरालो लागेर १४०० अंकमा अडेको छ । सम्रगमा नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा १०.४६ अंकले ओरालो लागेको छ ।
सो दिन परिसूचक सँगै कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो दिन ४६ करोडको कारोबार भएको बजारमा सोमबार भने जम्मा ३० करोडको सेयर किनबेच भएको छ । बजारमा कुल १५४ कम्पनीको ९ लाख १५ हजार कित्ता सेयर बिक्री भएका छन् ।
दोहोरो अंकले घटेको बजारमा कारोबारमा आएका सबैसमूह राताम्मे भएका छन् । सबैभन्दा बढी बीमा समूह ८४ अंकले झरेको छ । त्यस्तै, हाइड्रोपावर ३०, माइक्रोफाइनान्स १७ र विकास बैंक १४ अंकले ओरालो लागेका छन् भने अन्य बाँकी समूहको परिसूचक सामान्य अंकले ओरालो लागेका छन् ।