काठमाडौं । हाम्रो विकास बैंकले आफ्ना सेयरधनीलाई ७.३० प्रतिशत बोनस सेयर दिने भएको छ । बैंकको गत आर्थिक वर्षको जगेडा तथा कोषबाट सेयरधनीलाई सो मात्राको बोनस दिने निर्णय गरेको छ ।
उक्त निर्णय माघ २२ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको निर्णयलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा बैंकको आगामी साधारणसभाले पारित गर्नुपर्ने छ ।
हाल बैंकको चुक्ता पुँजी ४५ करोड ८७ लाख रुपैयाँ रहेको छ । ७.५० प्रतिशत बोनस पश्चात कम्पनीको पुँजी ४९ करोड ३१ लाख रुपैयाँ हुने छ ।