मंगलबारको सेयर कारोबारमा उच्च गिरावट, नेप्से परिसूचक १४०० अंक तल

<p>काठमाडौं । मंगलबारको नेप्से परिसूचक सामान्य अंकले घटे पनि कारोबार रकममा भने उच्च गिरावट भएको छ । बजारमा जम्मा २४ करोड २० लाख रुपैयाँको सेयर कारोबार भएको छ । जुन, अघिल्लो दिनको तुलनामा ६ करोड रुपैयाँ घटी हो । अघिल्लो दिन(सोमबार)को बजारमा भने ३० करोडको सेयर किनबेच भएको थियो । गत शुक्रबार ४१ करोड ७० [&hellip;]</p>

काठमाडौं । मंगलबारको नेप्से परिसूचक सामान्य अंकले घटे पनि कारोबार रकममा भने उच्च गिरावट भएको छ । बजारमा जम्मा २४ करोड २० लाख रुपैयाँको सेयर कारोबार भएको छ । जुन, अघिल्लो दिनको तुलनामा ६ करोड रुपैयाँ घटी हो । अघिल्लो दिन(सोमबार)को बजारमा भने ३० करोडको सेयर किनबेच भएको थियो । गत शुक्रबार ४१ करोड ७० लाख रुपैयाँको कारोबार भएको बजारमा मंगलबार भने उच्च गिरावट आएको छ ।

बजारमा कुल १५२ कम्पनीको ७ लाख ९ हजार कित्ता सेयर बिक्री भएका छन् । सबैभन्दा बढी लक्ष्मी विकास बैंकको ५० हजार कित्ता सेयर किनबेच भएका छन् । त्यस्तै गरी सबैभन्दा बढी सानिमा माई हाइड्रोपावरको एक करोड ६३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएका छन् ।

मंगलबारको परिसूचक अघिल्लो दिनको तुलनामा सामान्य अंकले झरेर बिन्दु १४ सय अंक तल पुगेको छ । समग्रमा नेप्से परिसूचक ६.०२ अंकले झरेर १३९४.०३ अंकमा पुगेको छ । त्यस्तै, कारोबारमा आएका सबै सूचक राताम्मे भएका छन् । सबैभन्दा बढी बीमासमूहको सूचक ३० अंकले ओरालो लागेको छ । मंगलबार ९ समूहको मात्र बजारमा कारोबार भएको छ ।

Share News