काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले सेयरधनीलाई १४ प्रतिशत बोनस सेयर दिने भएको छ । बैंकले गत वर्षको मुनाफा तथा संचित रकमबाट हालको चुक्ता पुँजीको सो मात्रा अर्थात ९५ करोड ५६ लाख रुपैयाँ बराबरको बोनस दिने निर्णय गरेको हो ।
उक्त निर्णय गत २३ गते बसेको बैंक सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको निर्णयलाई नेपाल राष्ट्र बैंकले स्विकृती तथा बैंकको आगामी साधारण सभाले पारित गर्नु पर्ने छ ।
हाल बैंकको चुक्ता पुँजी ६ अर्ब ८२ करोड ६१ लाख रुपैयाँ रहेको छ । १४ प्रतिशत बोनस पश्चात बैंकको पुँजी ७ अर्ब ७८ करोड १७ लाख रुपैयाँ पुग्ने छ ।