काठमाडौं । अनलाइन सेयर आवेदको बारेमा मोफोसलका लगानीकर्तालाई जानकारी दिन सीडीएस एण्ड क्लियरिङ्ग लिमिटेड र नेपाल स्टक एक्स्चेन्ज (नेप्से) लिमिटेडका अधिकारी अहिले प्रदेश दौडाहामा निस्किएका छन् ।

सीडीएस र नेप्सेले अनलाइन सेयरको बारेमा प्रदेश नम्बर १ को इटहरी र दमकमा जनचेतनामुलक कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा नेप्सेका प्रवत्ता मुराहरि पराजुलीले कार्यपत्र प्रस्तुत गर्दै पूँजीबजारमा सीडीएसको भूमिका, धितोपत्रको अभौतिकिकरण तथा राफसाफ तथा फछ्र्यौट प्रक्रिया, आस्बा, सीआस्बा तथा मेरो सेयर सम्बन्धी जानकारी प्रस्तुत गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथी नेप्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चन्दसिंह साउदले मेरो शेयर तथा सीआस्बाको प्रयोग संगै घण्टौ लाइन लागेर सार्वजानीक निष्कासनको आवेदन दिएर बाँडफाँटका लागि महिनौ कुर्नुपर्ने अवस्थाको अब अन्त्य हुने जानकारी दिए ।सीडीएस र नेप्सेले आगामी दिनमा यस्ता कार्यक्रम अन्य प्रदेशको सहरहरुमा पनि आयोजना गर्ने जनाएको छ ।