नेप्से ९ अंकले उकालो लाग्दा सूर्योदय लघुवित्तको सेयर मूल्य १० प्रतिशतले वृद्धि

<p>काठमाडौं । साताको शुरुदेखि नै निरन्तर ओरालो लागिरहेको सेयर बजार साताको अन्तिम कारोबार अर्थात बिहीबार भने एकल अंकले उकालो लागेको छ । आइतबार १४१० अंकमा रहेको परिसूचक त्यसपछिको कारोबारमा लगातार ओरालो लागेर बुधबार १३८२ अंकमा झरेको थियो । १३८२ अंकदेखि कारोबार शुरु भएको बिहीबारको परिसूचक लगातार उकालो दिनभर निरन्तर उकालो लागेको छ । अन्ततः बजार [&hellip;]</p>

काठमाडौं । साताको शुरुदेखि नै निरन्तर ओरालो लागिरहेको सेयर बजार साताको अन्तिम कारोबार अर्थात बिहीबार भने एकल अंकले उकालो लागेको छ । आइतबार १४१० अंकमा रहेको परिसूचक त्यसपछिको कारोबारमा लगातार ओरालो लागेर बुधबार १३८२ अंकमा झरेको थियो । १३८२ अंकदेखि कारोबार शुरु भएको बिहीबारको परिसूचक लगातार उकालो दिनभर निरन्तर उकालो लागेको छ । अन्ततः बजार बन्द हुँदा नेप्से परिसूचक ९.०१ अंकले उकालो लागेर १३९१.०३ अंकमा पुगेको छ ।

बजारमा नेप्से परिसूचकमा सुधार आएतापनि कारोबार रकममा भने खासै सुधार भएको देखिएको छैन । बिहीबारको बजारमा कुल १५२ कम्पनीको २६ करोड ८५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन रकम बुधबारको तुलनामा ३० करोड रुपैयाँ मात्र बढी हो । बिहीबार सबैभन्दा बढी नेपाल बैंकको २ करोड ४१ लाख रुपैयाँबाट सेयर किनबेच भएको छ ।

करिब दोहोरो अंकले उकालो लागेको सेयर बजारमा सूर्योदय लघुवित्त वित्तीय संस्थाको करिब १० प्रतिशतले सेयर मूल्य बढेको छ । अघिल्लो दिनको तुलनामा यस संस्थाका लगानीकर्ताले ९.९६ प्रतिशत कमाएका छन् । बिहीबार यस संस्थाको सेयर मूल्य १३४ रुपैयाँले बढेर प्रतिकित्ता १४७९ रुपैयाँ पुगेको छ ।

बिहीबार आरएसडीसी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले भने ९.९८ प्रतिशत गुमाएका छन् ।

बजारमा दुई समूह बाहेक बाँकी समूहको परिसूचक हरिया भएका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक ७२ अंकले उकालो लागेको छ । फाइनान्स र ट्रेडिङ समूहको परिसूचक भने सामान्य अंकले ओरालो लागेका छन् ।

Share News