काठमाडौं । उन्नति माइक्रोफाइनान्स वित्तीय संस्थाले गत पुस २१ गतेदेखि २५ गतेसम्म निष्काशन गरेको साधारण सेयर अर्थात आइपीओको शुक्रबार बाँडफाँड भएको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार कुल दुई लाख ४६ हजार ८९४ जनामध्ये १५ हजार १५ जना सर्वसाधारणले गोलाप्रथाबाट १० कित्ता सेयर पाएका छन् ।
उक्त सर्वसाधारणलाई गोलाप्रथाबाट १० कित्ताका दरले जम्मा एक लाख ५० हजार १५० कित्ता सेयर बाँडफाँड गरिएको छ । कुल आवेदक मध्ये २ लाख ४४ हजार ४२७ जनाको आवेदन बाँडफाँड भएको थियो । त्यसमा २ हजार ४६७ आवेदन रद्द भएको छ भने दुई लाख २९ हजार ४१२ जनाको हात खाली भएको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ ।
हाल यस संस्थाको चुक्ता पुँजी ३ करोड ८५ लाख रुपैयाँ रहेको छ । सो मात्राको आईपीओ पश्चात कम्पनीको पुँजी साँढे ५ करोड रुपैयाँ नाघ्ने छ ।