प्राइम लाइफ इन्स्योरेन्सलाई १६० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न अनुमति

<p>काठमाडौं । नेपाल धितोपत्र बोर्डले प्राइम लाइफ इन्स्योरेन्स लिमिटेडलाई १६० प्रतिशत(अर्थात १ बराबर १.६० को अनुपातमा) हकप्रद निष्कासनको लागि अनुमति दिएको छ । बोर्डको अनुमति अनुसार कम्पनीले अंकित मूल्य एक सय रुपैयाँका दरले ९७ लाख ६३ हजार कित्ता हकप्रद जारी गर्ने भएको छ । कम्पनीले चुक्तापुँजी बढाउन ९७ करोड ६३ लाख रुपैयाँ बराबरको हकप्रद सेयर [&hellip;]</p>

काठमाडौं । नेपाल धितोपत्र बोर्डले प्राइम लाइफ इन्स्योरेन्स लिमिटेडलाई १६० प्रतिशत(अर्थात १ बराबर १.६० को अनुपातमा) हकप्रद निष्कासनको लागि अनुमति दिएको छ । बोर्डको अनुमति अनुसार कम्पनीले अंकित मूल्य एक सय रुपैयाँका दरले ९७ लाख ६३ हजार कित्ता हकप्रद जारी गर्ने भएको छ ।

कम्पनीले चुक्तापुँजी बढाउन ९७ करोड ६३ लाख रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्ने छ । हाल कम्पनीको चुक्ता पुँजी ६१ करोड २ लाख रुपैयाँ रहेको छ । सो मात्राको हकप्रद पश्चात कम्पनीको पुँजी एक अर्ब ८६ करोढ रुपैयाँ नाघ्ने छ ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटल लिमिटेडले गरिरहेको छ ।

Share News