नेपाल लाइफ इन्स्योरेन्सको साँढे ५ करोडको प्रमोटर सेयर बिक्री, बीमा समूह १२१ अंकले उकालो

<p>काठमाडौं । केही दिन अघिदेखि निरन्तर ओरालो लागेको सेयर बजार बुधबार ८ अंकले उकालो लागेको छ । कारोबार शुरु भएदेखि २ बजेसम्म निरन्तर ओरालो लागेको सो दिनको परिसूचक त्यसपछिको कारोबारमा तीब्र गतिमा उकालो लागेको हो । अन्ततः सो दिन नेप्से परिसूचक ८.६५ अंकले उकालो लागेर १३८८ दशमलब ९४ अंकमा पुगेको छ । एकल अंकले उकालो [&hellip;]</p>

काठमाडौं । केही दिन अघिदेखि निरन्तर ओरालो लागेको सेयर बजार बुधबार ८ अंकले उकालो लागेको छ । कारोबार शुरु भएदेखि २ बजेसम्म निरन्तर ओरालो लागेको सो दिनको परिसूचक त्यसपछिको कारोबारमा तीब्र गतिमा उकालो लागेको हो । अन्ततः सो दिन नेप्से परिसूचक ८.६५ अंकले उकालो लागेर १३८८ दशमलब ९४ अंकमा पुगेको छ ।

एकल अंकले उकालो लागेको बजारमा कुल ३८ करोड ६४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो मध्ये सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक(प्रमोटर) सेयर बिक्री भएका छन् । यस कम्पनीको एकैदिन ५ करोड ५० लाख रुपैयाँ बराबरको प्रमोटर सेयर कारोबार भएको छ । सो दिन यस कम्पनीको संस्थापक सेयरको मूल्य प्रतिकित्ता ११ सय रुपैयाँ रहेको छ । बुधबार यस कम्पनीको एक करोड २० लाख रुपैयाँ बराबरको साधारण सेयर बिक्री भएका छन् । उक्त सेयरको मूल्य प्रतिकित्ता १ हजार ७८० रुपैयाँ रहेको छ ।

बजारमा बीमा समूहको परिसूचक १२१ अंकले उकालो लागेको छ । त्यस्तै, माइक्रोफाइनान्स, हाइड्रो र होटल समूह क्रमशः २०, १८ र १० अंकले उकालो लागेका छन् । उत्पादनमूलक, फाइनान्स र अन्य समूहको सूचक सामान्य अंकले ओरालो लागेका छन् ।

                                                        बुधबार कमाउने १० कम्पनी

Share News