देवः विकास बैंकको फागुन १७ गते बुक क्लोज, ४० प्रतिशत हकप्रद जारी गर्दै

<p>काठमाडौं । देवः विकास बैंक लिमिटेडले आगामी फागुन १७ गते बुक क्लोज गर्ने भएको छ । बैंकले हकप्रद सेयर निष्कासन गर्ने प्रयोजनको लागि बैंकले उक्त दिन कम्पनीको बुक क्लोज गर्ने निर्णय गरेको हो । उक्त निर्णय बुधबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले गरेको हो । कम्पनीले सेयरधनीलाई ४० प्रतिशत अर्थात १० बराबर ४ को अनुपातमा [&hellip;]</p>

काठमाडौं । देवः विकास बैंक लिमिटेडले आगामी फागुन १७ गते बुक क्लोज गर्ने भएको छ । बैंकले हकप्रद सेयर निष्कासन गर्ने प्रयोजनको लागि बैंकले उक्त दिन कम्पनीको बुक क्लोज गर्ने निर्णय गरेको हो ।

उक्त निर्णय बुधबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले गरेको हो । कम्पनीले सेयरधनीलाई ४० प्रतिशत अर्थात १० बराबर ४ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।

हाल बैंकको चुक्ता पुँजी एक अर्ब ६३ करोड रुपैयाँ रहेको छ । ४० प्रतिशत अथार्त ६५ करोड ३३ लाख १० हजार रुपैयाँ हकप्रद पश्चात कम्पनीको पुँजी २ अर्ब २८ करोड रुपैयाँ नाघ्ने छ ।

कम्पनीले अंकित मूल्य १०० रुपैयाँको दरले हुने ६५ लाख ३३ हजार कित्ता सेयर निष्कासन गर्न बिक्री प्रबन्धकको रुपमा एनआईबिएल क्यापिटल मार्केट्स लिमिटेड रहेको छ ।

Share News