सेञ्चुरी कमर्शियल बैंकको फागुन ११ गतेदेखि बुक क्लोज, ७औँ वार्षिक साधारणसभामा जाँदै

<p>काठमाडौं । सेञ्चुरी कमर्शियल बैंकको आगामी फागुन ११ गतेदेखि बुक क्लोज हुने भएको छ । बैंकले साधारणसभामा जाने प्रयोजनको लागि सो दिन देखि फागुन ३० गते(अर्थात १९ दिन)सम्म बुक क्लोज गर्न लागेको हो । बैंकको आगामी ७औँ वार्षिक साधारणसभा फागुन ३० गते हुँदै छ । उक्त सभामा बैंकले सेयरधनीलाई ५ प्रतिशत बोनस र ५ प्रतिशत [&hellip;]</p>

काठमाडौं । सेञ्चुरी कमर्शियल बैंकको आगामी फागुन ११ गतेदेखि बुक क्लोज हुने भएको छ । बैंकले साधारणसभामा जाने प्रयोजनको लागि सो दिन देखि फागुन ३० गते(अर्थात १९ दिन)सम्म बुक क्लोज गर्न लागेको हो ।

बैंकको आगामी ७औँ वार्षिक साधारणसभा फागुन ३० गते हुँदै छ । उक्त सभामा बैंकले सेयरधनीलाई ५ प्रतिशत बोनस र ५ प्रतिशत नगद गरी १० प्रतिशत लाभांश दिने प्रस्ताव पारित गर्दै छ ।

हाल कम्पनीको चुक्ता पुँजी ७ अर्ब ६७ करोड ९४ लाख रुपैयाँ रहेको छ । ५ प्रतिशत बोनस पश्चात कम्पनीको पुँजी ८ अर्ब नाघ्ने कम्पनीले जनाएको छ । साथै, बैंकले हालको चुक्ता पुँजीको ५ प्रतिशत अर्थात ३८ करोड ३९ लाख ७३ हजार रुपैयाँ बराबरको नगद लाभांश(कर सहित) वितरण गर्ने भएको छ ।

Share News