नेप्सेमा ६२ लाख ८८ हजार कित्ता सेयर थपियो, कुन कुन कम्पनीले थपे ?

<p>काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा बिहीबार मात्रै ६२ लाख ८८ हजार ५९७ कित्ता सेयर थपिएको छ । बजारमा विभिन्न तीन कम्पनीको हकप्रद र बोनस गरी सो मात्राको सेयर थपिएका छन् । नेप्सेमा जेबिल्स फाइनान्स र गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको हकप्रद सेयर सूचिकृत भएका छन् भने ओरियन्टल होटल लिमिटेडको बोनस सेयर सूचिकृत भएको छ । [&hellip;]</p>

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा बिहीबार मात्रै ६२ लाख ८८ हजार ५९७ कित्ता सेयर थपिएको छ । बजारमा विभिन्न तीन कम्पनीको हकप्रद र बोनस गरी सो मात्राको सेयर थपिएका छन् ।

नेप्सेमा जेबिल्स फाइनान्स र गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको हकप्रद सेयर सूचिकृत भएका छन् भने ओरियन्टल होटल लिमिटेडको बोनस सेयर सूचिकृत भएको छ ।

सबैभन्दा बढी जेबिल्स फाइनान्सको २८ लाख ८९ हजार ५६२ कित्ता र गुहेश्वरी मर्चेन्टको १९ लाख ७३ हजार ९२८ कित्ता हकप्रद सेयर नेप्सेमा थपिएको हो । त्यस्तै, ओरियन्टल होटलको १४ लाख २५ हजार १०६ कित्ता बोनस सेयर थपिएको छ ।

बिहीबार सूचिकृत सेयर मध्ये सबैभन्दा बढी हकप्रद सेयर सूचिकृत भएको छ । सो दिन दुई कम्पनीको गरी ४८ लाख ६३ हजार हकप्रद सेयर नेप्सेमा थपिएको छ ।

Share News