काठमाडौं । आइतबार कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंकको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले कम्पनीको २१.२१२१ प्रतिशत बोनस पछिको सेयर मूल्य समायोजन गरेको हो ।
समायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता १३५३ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता १०९६ रुपैयाँ रहेको थियो ।
हाल कम्पनीको चुक्ता पूँजी ८ करोड २५ लाख रुपैयाँ रहेको छ । आइतबार २ बजेसम्मको बजारमा यस कम्पनीको सेयर मूल्य १३६० रुपैयाँमा कारोबार भइरहेको छ ।