काठमाडौं । साताको अन्तिम कारोबारको दिन नेप्से परिसूचक दोहोरो अंकले उकालो लागेको छ । दिनभर उतारचढाव आएको सो दिनको बजारमा अन्तत परिसूचक १५.४८ अंकले बढेर १२२० अंकमा पुगेको छ ।
बजारमा परिसूचकमा सुधार आएता पनि सेयर कारोबारमा भने गिरावट आएको छ । बुधबार ५१ करोडको कारोबार भएको बजारमा बिहीबार भने जम्मा ३८ करोड ७१ लाख रुपैयाँ बराबरको सेयर बिक्री भएको छ । जुन अघिल्लो दिनको तुलनामा १३ करोड रुपैयाँ घटी हो ।
१६४ कम्पनीको कारोबार भएको सो दिनको बजारमा सबैभन्दा बढी मेघा बैंकको प्रमोटर बिक्री भएका छन् । यस बैंकको एकैदिन ३ करोड ६४ लाख रुपैयाँ बराबरको प्रमोटर सेयर कारोबार भएको छ । बिहीबार यस कम्पनीको प्रमोटर सेयरको मूल्य प्रतिकित्ता २२५ रुपैयाँ रहेको छ ।