हुन्डाई फेस्टिभ डिलाइटको पुरस्कार वितरण, अधिकारी र आयल सपलायर्सले पाए हुन्डाईको गाडी (फोटो फिचरसहित)

<p>काठमाडौं । हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले दशैं तिहारको उपलक्ष्यमा ल्याएको ‘हुन्डाई फेस्टिभ डिलाइट’ अफरको विजेताहरुलाई पुरस्कार हस्तान्त्रण गरिएको छ । बिहीबार काठमाडौंको थापाथलीस्थित हुन्डाई शोरुममा एक कार्यक्रमको आयोजना गरी लक्ष्मी ग्रुपका अध्यक्ष गणेशबहादुर श्रेष्ठ, कनज्युमर आई नेपालको अध्यक्ष बिमला खनाल, २०१८ का मिस नेपाल श्रृंखला खतिवडा तथा हुन्डाई मिस फेण्डसिप सायरा लामाले संयुक्त [&hellip;]</p>

काठमाडौं । हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले दशैं तिहारको उपलक्ष्यमा ल्याएको ‘हुन्डाई फेस्टिभ डिलाइट’ अफरको विजेताहरुलाई पुरस्कार हस्तान्त्रण गरिएको छ ।


बिहीबार काठमाडौंको थापाथलीस्थित हुन्डाई शोरुममा एक कार्यक्रमको आयोजना गरी लक्ष्मी ग्रुपका अध्यक्ष गणेशबहादुर श्रेष्ठ, कनज्युमर आई नेपालको अध्यक्ष बिमला खनाल, २०१८ का मिस नेपाल श्रृंखला खतिवडा तथा हुन्डाई मिस फेण्डसिप सायरा लामाले संयुक्त रुपममा पुरस्कार हस्तान्तरण गरेका हुन् ।


सो आफरअन्तर्गतको बम्पपर लक्कीड्रमा शुसनप्रसाद अधिकारीले हुन्डाई इलाईट आई २० गाडी प्राप्त गरेका छन् । अर्का कन्काई आयल सपलायर्सलले हुन्डाईकै एक्सेन्ट गाडी जितेको छ ।


अफर अन्तर्गत कम्पनीले हरेक नँया हुन्डाई गाडीको खरिदमा ग्राहकहरुले ५ लाखसम्मको छुट र एक वर्षको निशुल्क बिमा साथै स्क्रयाच कार्डमार्फत थप १ लाखसम्मको नगद छुट, लक्किड्रमार्फत सय जना भाग्यमानी विजेताहरुलाई १०/१० ग्राम सुन, १० जोडीलाई दुबई भ्रमण र बम्पर लक्किड्रमार्फत दुई जनाले गाडी जित्ने अवसर प्रदान गरेको थियो ।


सो अफरमा महेस राजकर्णिकार, कृष्णराज पोखरेल, अनिलकुमार श्रेष्ठ, नीरज क्षेत्री लगायत १० जना भाग्यशाली विजेताहरुलाई दुबई भ्रमणकाे लागि पुरस्कार प्रदान गरिएको थियो ।


सय जना भाग्शाली विजेताहरुको लक्किड्र कनज्युमर आई नेपालका अध्यक्ष खनालद्वारा अनामनगरस्थित कार्यालयमा गरिएको कम्पनीको भनाइ छ । योजना २०७४ भदौ ८ देखि कात्तिक १० गतेसम्म लागु भएको थियो ।

Share News