रैराङ हाइड्रोपावर डेभलपमेन्टले आईपीओ निष्कासन गर्न पायो अनुमति

<p>काठमाडौं । रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्न अनुमति पाएको छ । धितोपत्र बोर्डले उसलाई चुक्तापुँजीको १५ प्रतिशत अर्थात ८ करोड ४० लाख रुपैयाँ बराबरको ८ लाख ४० हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति दिएको हो । कम्पनीले ९.९ मेगावाटको इवाखोला आयोजना निर्माण गरिरहेको छ । साउन यता बोर्डले विभिन्न १६ [&hellip;]</p>

काठमाडौं । रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्न अनुमति पाएको छ ।

धितोपत्र बोर्डले उसलाई चुक्तापुँजीको १५ प्रतिशत अर्थात ८ करोड ४० लाख रुपैयाँ बराबरको ८ लाख ४० हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति दिएको हो ।

कम्पनीले ९.९ मेगावाटको इवाखोला आयोजना निर्माण गरिरहेको छ । साउन यता बोर्डले विभिन्न १६ कम्पनीलाई २ अर्ब ६६ करोड ९० लाख रुपैयाँ बराबरको आईपीओ र एफपीओ निष्कासन गर्न अनुमति दिएको छ ।

Share News