मिर्मिरे माइक्रोफाइनान्सको जेठ २ देखि २५ गतेसम्म बुक क्लोज

<p>काठमाडौं । मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक लिमिटेडको आगामी जेठ २ गतेदेखि २५ गतेसम्म बुक क्लोज हुने भएको छ । यस संस्था वार्षिक साधारणसभामा जाने प्रयोजनको लागि उक्त २४ दिन कम्पनीको बुक क्लोज गर्न लागेको हो । यस बैंक आगामी जेठ २५ गते सातौँ वार्षिक साधारणसभामा जाँदै छ । सभामा कम्पनीले सेयरधनीलाई ३०.८० प्रतिशत बोनस र [&hellip;]</p>

काठमाडौं । मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक लिमिटेडको आगामी जेठ २ गतेदेखि २५ गतेसम्म बुक क्लोज हुने भएको छ । यस संस्था वार्षिक साधारणसभामा जाने प्रयोजनको लागि उक्त २४ दिन कम्पनीको बुक क्लोज गर्न लागेको हो ।

यस बैंक आगामी जेठ २५ गते सातौँ वार्षिक साधारणसभामा जाँदै छ । सभामा कम्पनीले सेयरधनीलाई ३०.८० प्रतिशत बोनस र कर प्रयोजनको लागि १.६२ प्रतिशत नगद लाभांश दिने प्रस्तावलाई पारित गर्ने भएको छ ।

आगामी जेठ १ गतेसम्म नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा कारोबार गरेकाले मात्र सो मात्राको लाभांश पाउने कम्पनीले जनाएको छ ।

Share News