२०७७ असार ६ गते २०:२६ गोपाल खनाल
सरकार तिम्रो अध्ययन
कहिले सकिन्छ ?
कहिले निस्कन्छ निस्कर्ष ?
लाग्छ
तिम्रो अध्ययन नसकिँदै
हामी भोकले सकिन्छौँ ।।
सरकार
न सर्वोच्चको आदेश मान्छ ।
न नागरिक जोगाउन कुनै पहल गर्छ ।
कमिसनको चक्करमा फसेको यसले
हामी भूइँमान्छेलाई माञ आँखा तर्छ
चुनावको बेला यसो नजिक सर्छ ।।
यो देशमा सरकार रहेको
अनुभूति हामी गरिब जनताले
कहिले गर्न पाउने ?
हाम्रै पौरखले सिंगारिएको सिंहदरबार र बालुवाटारले
हाम्रो मर्म किन बुझ्दैन ?।।
भोक भोकै सडक कति दिन नापिएला ?
स्वार्थी सहरले त
हामीलाई केही दिन पनि
पाल्न सक्दो रहेनछ,
सहरको रहर पाल्नु त
बेकार रहेछ हामीले ।।
बाँचे न रोगको डर हो
रोग भन्दा पनि भोक विकराल
बनेर देखिँदै छ हाम्रा लागि
कानमा तेल हालेर सुतेको
सरकारी संयन्त्र कतै भए
सुनाइदिनुहोस् न हजुर ।।
लकडाउनका लागि लगाइएको बार
पार गर्न लाग्दा काका लडेर मरे अरे ।
रोग या भोक सबैले
हामीलाई नै लखेट्ने त रहेछ ।
सरकार के रोगबाट बचाएर
भोकको लास हेर्न चाहन्छ ?
विपत्तिमा काम नलाग्ने
जनताको पसिना, रगत चुस्ने
महङ्गो
यत्रा सरकारी संयन्त्र के का लागि ?
जन्मथलोमा नपुग्दै देह ढलेछ भने
सरकार !
हाम्रै लासमाथि
फोहोरी राजनीति नगर्नू है ।।
(यो कविता अप्रतिस्प्रधीको रुपमा प्रकाशन गरिएको छ- सम्पादक)
तारकेश्वर गाउँपालिका–१, नुवाकोट हाल पोखरा–११
gkfriend8@gmail.com
Copyright © 2024 Bikash Media Pvt. Ltd.