काठमाडौंमा समाजवादी मोर्चाको प्रदर्शन (फोटोफिचर)

काठमाडौं । गणतन्त्रको रक्षा र ‘बेथिति तथा प्रतिगमन’ विरुद्ध समाजवादी मोर्चाले काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ । माइतीघर, कुपण्डोल, त्रिपुरेश्वर, सुन्धारा, न्युरोड, सोह्रखुट्टे, शान्ति बाटिका, मैतीदेवीलगायत स्थानबाट निस्किएका जुलुसहरू भृकुटीमण्डपमा पुगेपछि आमसभामा परिणत भएकाे छ । मोर्चाका नेताहरूले गणतन्त्र, समाजवाद र समावेशी लोकतन्त्रको पक्षमा आवाज उठाउँदै सरकारको आलोचना गरेका छन् । प्रदर्शनमा ठूलो संख्यामा कार्यकर्ता तथा समर्थकहरूको उपस्थिति रहेको थियो ।  

कुलमानको समर्थनमा विद्युत् प्राधिकरण अगाडि विरोध प्रदर्शन (फोटोफिचर)

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट कुलमान घिसिङलाई हटाएको विरोधमा बुधबार काठमाडौंमा प्रदर्शन गरिएको छ । महिला र पुरुषहरूको समूहले नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय कार्यालय अगाडि जम्मा भएर सरकारको निर्णयको विरोध गर्दै प्रदर्शन गरेका छन् । प्रदर्शनकारीहरूले घिसिङको समर्थनमा नारा लगाउँदै सरकारको निर्णयको खण्डन गरेका छन् । सरकारले घिसिङको काम सन्तोषजनक नभएको भन्दै चैत ११ गते पदबाट हटाउने निर्णय गरेको थियो । उनको स्थानमा हितेन्द्रदेव शाक्यलाई कार्यकारी निर्देशक नियुक्त गरिएको छ । प्रदर्शनकारीहरूले घिसिङको बर्खास्ती निर्णयको विरोध गर्दै उक्त निर्णय पुनरावलोकन गर्नुपर्ने माग गरेका छन् । उनीहरूका अनुसार घिसिङको नेतृत्वमा प्राधिकरणले राम्रो काम गरेको थियो र उनलाई हटाउनु न्यायसंगत छैन । यस विरोध प्रदर्शनको क्रममा विभिन्न राजनीतिक र सामाजिक संघसंस्थाका प्रतिनिधिहरू पनि उपस्थित भएका थिए ।        

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको पाँचौं दीक्षान्त समारोह (तस्बिरहरू)

काठमाडौं । सोमबार काठमाडौंमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको पाँचौं दीक्षान्त समारोह​ सम्पन्न भएको छ ।