२०७९ पुष २६ गते ११:१९ विकासन्युज
काठमाडौं । साइन रेसुङ्गा डेभलपमेन्ट बैंकको प्रस्तावित १४ प्रतिशत लाभांश पारित भएको छ । बैंकको सोमबार सम्पन्न १४ औं साधारण सभाले प्रस्तावित लाभांश पारित गरेको हो ।
बैंकले गत वर्षको नाफाबाट सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको १३.३० प्रतिशत बोनस सेयर र ०.७० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको थियो ।
यस्तै, सभाले २०७९/८० को लेखापरिक्षण गर्नको लागि लेखा परीक्षकमा एसआर एशोिपयट्सलाई नियुक्त गरेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.