२०७९ चैत ३० गते ९:०६ विकासन्युज
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको एशोसिएटतर्फको सदस्यमा सबैभन्दा धेरै मत डा. रामशरण थपलियाले पाएका छन् । थपलियाले १ हजार ४४० मत पाएका हुन् ।
यस्तै, दोस्रो धेरै मत मनोज पौडेलले पाएका छन् । पौडेलले १ हजार ३७३ मत पाएका छन् ।
एशोसिएटतर्फ सबैभन्दा धेरै मत पाउने १९ सदस्य विजयी भएका छन् । मतदाता संख्या १ हजार ७४८ रहेकोमा १ हजार ६५० मत खसेको थियो ।
एशोसिएटतर्फको उपाध्यक्षमा रामचन्द्र संघाई प्यानलकी ज्योत्सना श्रेष्ठ विजयी भएकी छन् भनेजिल्ला नगर उपाध्यक्षमा संघाइ प्यानलका सुरकृष्ण वैद्य र वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ प्यानलका हेमराज ढकाल विजयी भएका छन् ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.